काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल आज बुटवल र तनहुँका फरक फरक कार्यक्रममा सहभागि हुने भएका छन् । आज बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागि हुन उनी बुटवल जान लागेका हुन् ।
राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा जाने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।
त्यसअघि राष्ट्रपति आजै गृह जिल्ला तनहुँ पनि जानेछन् । राष्ट्रपति पौडेलले भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्