Ads

एमालेले राष्ट्रियसभाको १९ सीटमै उम्मेदवारी दिने


काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको १९ वटै सीटमा उम्मेदवारी दिने तयारी गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरुबारे क्लस्टरअनुसार छलफल गरेको महासचिव शंकर पोखरेलले बताए ।

उनले भने, ‘उम्मेदवारको बिषयमा हामीले आज प्रारम्भिक छलफल गरेका छौं। हामीले २३ गते १९ सीटै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौं ।’

Ads

सम्बन्धित पोष्टहरू