Ads

२०८० पौष २१ गते शनिवार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बन्ने छन् । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रयास गर्दा प्रेममा सफलता पाउनेर बैवाहिक बन्धन प्राप्तीको योग पनि रहेको छ । बोलीको प्रभाव बढ्नुका साथै मान सम्मान समेत पाइनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा भने समस्या आउन सक्छ । गलत विचार बढने समयमा निर्णय नहुँदा काममा अवरोध आउने छ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । व्यापारमा सफलताले मन रमाउनेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाई प्रति रहनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ, अन्य विविध फाइदा पनि हुन सक्छ । पढाइ लेखाइमा रुची बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिश्रमले आफ्नो लक्ष्य पुरा गर्न सकिनेछ । नोकरी र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नुपर्ने छ । पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसँगीसँग भेटघाट गर्ने अवसर जुट्ला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )कमाइ रामै्रसँग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । समय त्यति राम्रो छैन, गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गर्न सकिदैन । सुख सुविधा र विलासिताका साथमा समय बित्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ ।

Ads

सम्बन्धित पोष्टहरू