एजेन्सी । बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । १ हजार ८ सय ४८ उम्मेदवारमध्येबाट २ सय १९ जना सांसद चयनका लागि आमनिर्वाचन हुन लागेको हो । आइतबार हुने निर्वाचनमा बंगलादेशका करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिएको छ ।
विपक्षी दलहरुले बहिष्कार गरेको यो निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने पक्का छ । मुख्य विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टीले भाग नलिएको यो चुनावलाई अमेरिका लगायत पश्चिमा देशहरुले मान्यता दिने संभावना न्युन छ ।
पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल हालेपछि बंगलादेशको आन्तरिक राजनीति संकटमा छ । ७३ वर्षीय जियालाई भ्रष्टाचारको आरोपमा ढाकास्थित काराबासमा राखिएको छ ।
आजको चुनावपछि बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिनाले ४ पटकसम्म बंगलादेशको नेतृत्व गर्ने व्यक्तिको रुपमा इतिहास रच्ने अनुमान छ । । चुनावअघि नैं केही ठाउँमा हिंसात्मक घटना भइसकेका छन् । निर्वाचनलाई मध्यनजर गर्दै ६ लाख सुरक्षाकर्मी खटाइए पनि निर्वाचन प्रचारप्रसारको क्रममा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्