Ads

राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी दुर्गा पौडेल


काठमाडाैँ । राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनले दुर्गा पौडेललाई पठाउने भएको छ।

उनी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन्।

जनमोर्चाले सत्ता गठबन्धनमा एक सिट मागेको थियो।

आइतबार बिहान बसेको गठबन्धनको बैठकले पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटामा पठाउने निर्णय गरेको हो।

फागुन २० गते रिक्त हुने विमला राई पौड्यालको स्थानमा पौडेल मनोनीत गर्ने गरी आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहमति जुटेको हो।

पौडेल प्यूठानबाट गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार थिइन्। उनी नेकपा (एमाले) का सूर्य थापासँग पराजित भएकी थिइन्।

Ads

सम्बन्धित पोष्टहरू