जनकपुरधाम । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको विषयामा आइतबार पुन: तनाव भएको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण भएको हो ।
प्रहरीले प्रदर्शनकारीलाई लखेट्न ८ सेल अश्रुग्यास हानेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र सिंह थारुले जानकारी दिए ।गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा गोली लागेर स्थानीय सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्