काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ भने ८८ जना नयाँ संक्रमित थपिएका छन् ।
आठ हजार छ सय ३८ जनामा आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन सय ७६ जना संक्रमणमुक्त भएका छन् भने सोहि अवधिमा दुई लाख ३३ हजार आठ सय ५१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
नेपालमा हाल छ हजार एक सय ५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको हो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ४८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्