Ads

५ सय ३३ नेपाली सुरक्षितसाथ युक्रेनबाट बाहिरिए : परराष्ट्रमन्त्री खड्का


काठमाडौँ । युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षितरुपमा छिमेकी मुलुकमा पुगेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् ।

आज(सोमबार) मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरिएको बताएका हुन् । सहयोग गरेकोमा भारतलाई धन्यवाद समेत दिएका छन् ।

खड्काका अनुसार राष्ट्रसङ्घको ११ औँ आपतकालीन बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ ।

उद्धार गरिएकाहरु मध्ये पोल्याण्डमा ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताइएको छ

Ads

सम्बन्धित पोष्टहरू