काठमाडौँ । पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई पराजित गरेको छ । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज(सोमबार) भएको ५० ओभरको पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको हो ।
२ सय १५ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी २८ दशमबल ५ ओभरमा अलआउट हुदै १ सय ३ रनमा सिमित भएको थियो । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छ ।
नेपालले दोस्रो अभ्यास खेलपनि श्रीलंका नाभीविरुद्ध भोलि(मंगलबार) खेल्ने भएको छ । नेपालले अभ्यास खेलमा बिहीबार तेस्रो खेल श्रीलंका पुलिस र शुक्रबार चौथों खेल फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग खेल्ने छ ।
मार्च १४ मा नेपाली टोली युएई प्रस्थान गर्ने छ । युएईमा हुने सिरिजका लागि यसअघि नै नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।
सिरिजको पहिलो खेलमा नेपाल र पीएनजीबीच प्रतिष्पर्धा हुनेछ । नेपाल र पीएनजीबीचको खेल शारजहा क्रिकेट मैदानमा मार्च १६ मा हुनेछ ।
मार्च १८ मा हुने दोस्रो खेलमा नेपालले युएईको सामना गर्ने छ । तेस्रो खेल पनि नेपाल र युएईबीच मार्च २१ मा हुनेछ ।
नेपालले मार्च २२ मा पीएनजीविरुद्ध अन्तिम खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्