Ads

सेनाद्वारा ज्येष्ठ नागरिक तथा बालबालिकालाई कपडा वितरण


बाँके । नेपाली सेनाद्वारा बाँकेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगरस्थित नीलसागर सेवा आश्रममा रहेका ज्येष्ठ नागरिक तथा बालबालिकालाई राँझामा रहेको श्री नं ४ वाहिनी अड्डा इमामनगर ब्यारेकका वाहिनीपति सहायक रथी प्रकाश थापा र श्री बज्रदल गणका गणपति रविन श्रेष्ठको नेतृत्वमा मङ्गलबार कपडा वितरण गरिएको हो ।

उक्त आश्रममा रहेका दुई सय २३ ज्येष्ठ नागरिक तथा बालबालिकालाई सेनाले लत्ताकपडा वितरण गर्नाका साथै एक छाक दिवा भोजन पनि गराएको नील सागर मानव सेवा आश्रमका अध्यक्ष सरिता खनालले जानकारी दिए । उनका अनुसार सेनाले अत्यावश्यकीय खाद्यान्नसमेत वितरण गरेको थियो । “यो जाडोमा सेनाले हाम्रो आश्रममा रहेका आमाबुबा र बालबालिकालाई कपडा वितरण गर्नु भनेको हामीप्रति उनहरुको माया र सम्मान झल्किएको छ”, अध्यक्ष खनालले भने, “कपडासँगै सेनाले खाद्यान्नसमेत वितरण गरेको हुँदा यसले हामीलाई धेरै नै राहत पु्¥याएको छ ।”

सहायक रथी थापाले सेनाले राष्ट्रको सेवासँगै सामाजिक सेवामा पनि योगदान पु¥याउँछ भन्ने उद्देश्यले एकदिने दिवा भोज कार्यक्रम गरिएको बताए । उनले भने, “जसको कोही हुँदैन उसका साथमा नेपाली सेना सधैँ रहन्छ ।” आश्रममा रहेका साहाराविहीन ज्येष्ठ नागरिक र बालबालिकालाई एक्लो महसुस नगर्न उनले आग्रह गरे । उनले आफैले नै ज्येष्ठ नागरिक र बालबालिकालाई भोजन खुवाउनाका साथै लत्ताकपडा वितरण गएका थिए । नेपालगञ्जमा आठ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त आश्रममा हाल ६३ बालबालिका र एक सय ६० ज्येष्ठ नागरिक बस्दै आएका । दाताको सहयोगमा चलिरहेको सो आश्रममा सडक बालबालिका तथा वृद्धालाई ल्याएर राखिने गरिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू