Ads

कोशीटप्पु वन्यजन्तु आरक्षमा चरा गणना शुरु


इनरुवा । कोशीटप्पु वन्यजन्तु आरक्षमा बुधबारदेखि चरा गणना थालिएको छ । आरक्ष तथा सुनसरीको विभिन्न सिमसार क्षेत्रमा जलपन्छीको गणना गर्न सुरु गरिएको हो ।

आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार बराहक्षेत्रको चतरा, आरक्ष क्षेत्र, सप्तरी, उदयपुर, सुनसरीको बर्जुताल र इटहरीस्थित बेतना सिमसार क्षेत्रमा जलपन्छीको गणना हुनेछ । कोशी पन्छी समाजको आयोजना तथा मिड विन्टर वाटर बर्ड काउन्टको सहयोगमा जलपन्छी गणना थालिएको हो । गणना गर्ने कार्य पाँच दिनसम्म चल्नेछ ।

गणनामा चराविज्ञ तथा संरक्षणकर्मीसहित चरा गणना राष्ट्रिय संयोजक डा हेमसागर बरालको समेत सहभागिता रहेको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्व र कोशीटप्पु वन्यजन्तु आरक्षको समन्वयमा चरा गणना गरिँदैछ । गत वर्ष कोशीटप्पु क्षेत्रमा सात हजार छ सयको सङ्ख्यामा जलपन्छी गणना गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू