काठमाडौँ । नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज(मंगलबार) सम्पन्न मतपरिणामअनुसार उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले अध्यक्ष पोखरेलको नेतृत्वमा २९ पदाधिकारीसहित एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित गरेको उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिए ।
नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने युनियनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्