Ads

नेपाल क्रिकेट संघ (क्यान)ले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोग प्रमाणित भएका राष्ट्रिय टिमका स्पीनर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण भइसकेकाले सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरिएको जनाएको छ ।

‘सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पौष १३ को फैसला र मिति २०८० पौष २५ गतेको कसुर ठहर आदेशबमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित आदलतको आदेशअनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारणसमेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ’, क्यानले भनेको छ।

Ads

सम्बन्धित पोष्टहरू