Ads

नेपाली चियाको नयाँ बजार बन्यो पाकिस्तान


काठमाडौ\ नेपाली चिया निर्यातमा भारतमा रहेको निर्भरताको अन्त्य भएको छ । पाकिस्तानमा यसको निर्यात शुरु भएको छ भने चीन निर्यातको प्रकृया पनि अघि बढेको छ । भारत बाहेक अन्य देशमा समेत चिया निर्यात हुँदै आए पनि त्यो हिस्सा न्युन रहने गरेको छ ।
भारतीय बजारमा मात्र भर पर्दै आएको नेपालमा उत्पादित सीटीसी चिया पाकिस्तानमा समेत निर्यात हुन थालेसँगै भारतसँगको निर्भरता हटेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पाकिस्तानस्थित नेपाली राजदूतावासको अगुवाइमा पाकिस्तानमा सीटीसी चिया निर्यात हुन थालेको हो । गत हप्तादेखि मेटन टी, हेनफ टीलगायतका फर्मले निर्यात सुरु गरेका हुन् । अहिलेसम्म निर्यातमा क्‍वारेन्टिनलगायतका समस्या नआएको सरकारी अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानमा औपचारिक तवरले निर्यातको बाटो खुलेपछि नेपालमा उत्पादित सीटीसी चियाले थप बजार पाउने व्यवसायीले बताएका छन् । यसअघि नेपालमा उत्पादित सीटीसी चियाको मुख्य बजार भारत मात्रै थियो । दक्षिण एसियाली मुलुकमा पाकिस्तानमा सबैभन्दा धेरै सीटीसी चियाको खपत हुन्छ । सरकारी अधिकारीहरूले आउँदा दिनमा चीन समेत चिया निर्यातको तयारी भइरहेको बताएका छन् ।

नेपालमा वार्षिक २ करोड ६३ लाख ७९ हजार किलो चिया उत्पादन हुने गरेको छ । सीटीसी मात्रै १ करोड ८९ हजार किलो उत्पादन हुने गरेको छ । अर्थोडक्स चिया भने अस्ट्रेलिया, क्यानडा, चीन, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, जापान, इटाली, नेदरल्यान्ड, अमेरिका, पोल्यान्ड, स्विडेन, थाइल्यान्ड, ताइवानलगायतका देशमा निर्यात हुन्छ ।

कृषि मन्त्रालयका अनुसार नेपालमा २० हजार हेक्टरमा चिया खेती हुँदै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू

अमेरिकामा मनाइयो छठ
अमेरिकामा मनाइयो छठ
कार्तिक २३, २०८१