Ads

बयानका लागि पल शाहलाई गैंडाकोट लगियो


काठमाडौँ । पल शाहलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गैंडाकोटमा लगिएको छ । बलात्कार गरेको अभियोगमा उहि तनहुँ प्रहरी हिरासतमा थिए ।

बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको २ सातापछि शाहलाई आज(मंगलबार) प्रहरी कार्यालय गैंडाकोट लगिएको प्रहरीले जानकारी दिएको छ ।

बलात्कारको मुद्दामा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी सूचना अधिकारी दिलिप गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने भएको छ । तनहुँमा बलात्कारको मुद्दा दर्ता गरेको विषयमा अनुसन्धान पूरा भएको छ ।

तनहुँमा मुद्दा दर्ता गरेकी किशोरीले नै फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी थिइन् ।

Ads

सम्बन्धित पोष्टहरू