Ads

सभामुख स्वेच्छाचारी भए : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन् । ओलीले सभामुखले कानून नमानेर मनपरी गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिलासंघले गरेको कार्यक्रममा बोल्दै उनले सभामुखले नियम कानुन नमानेको आरोप लगाएका हुन् ।

उनले भने–‘सभामुखको तर्फबाट नियम कानुन भन्ने कुराको कुनै मतलव छैन् । स्वेच्छाचारिता, मनपरितन्त्र, कुनै पार्टीको अध्यक्षले ब्यक्तिगत तबरमा गरेको निर्णयका आधारमा सूचना जारी गरिदिने, कुनै पार्टीले केन्द्रीय कमिटीले निर्णय गरेको पार्टीको सरकार ढाल्ने, पार्टी फुटाएर हिँड्ने, प्रतिक्रियावादीहरुलाई फाइदा पु¥याउने, दुई तिहाईको आसपासमा पुगेको वामपन्थी आन्दोलनलाई चकनाचुर पारेर दक्षिणपन्थीहरुको पाउ मोल्न जानेहरूलाई निकालेको पनि सदर नगरी सभामुख बसिरहेका छन् ।’

उनले अदालत, सभामुख, सरकार, निर्वाचन आयोग सवै एमालेको बिरुद्धमा लागेको आरोप लगाए ।

उनले भने–‘मुद्धा जितेर मन्त्री, प्रधानमन्त्री बन्ने कस्तो जमाना आयो । लोकतन्त्र भनेको छ मुद्धा जितेर आएको छ ।’

Ads

सम्बन्धित पोष्टहरू