काठमाडौं । माघे संक्रान्तिका अवसरमा नुवाकोटको तारुकालगायतका स्थानमा गोरु जुधाइएको छ।
हरेक बर्ष माघ १ गतेका दिन तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाउने मेला लाग्ने गरेको छ। सोमबार तारुकामा १७, पञ्चकन्यामा १५ र वेत्रावतीमा ९ हल गोरु जुधाएको छ।
गोरु जुधाउने मेलामा स्थानीय किसानहरूले पालेका गोरु जुधाएर रमाइलो गर्ने गरिएको छ ।तारूकामा हुने गोरु जुधाइ मेला हेर्न बर्सेनी हजारौं मानिस पुग्ने गरेका छन्।
तस्विरहरु

प्रतिक्रिया दिनुहोस्