Ads

एमसीसीमा हाम्रोभन्दा अमिरिकी हितलाई माथि राखियो : झलनाथ


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकतर्फ घोषणाबाट पारित भएको एमसीसी अहिलेकै अवस्थामा कार्यान्वयनमा गएमा त्यो कम्युनिष्ट र चीनविरोधी हुने बताएका छन् ।

नेकपा एसको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपालपछि बोलेका खनालले एमसीसीको व्याख्यात्मक घोषणालाई लेटर अफ एक्सचेन्जमार्फत सम्झौताको अंग बनाउनुपर्ने बताए ।

खनालले भने-धेरै ठुलो मुद्दा हो । यसबारे हामीले नै पहिले कुरा उठाएको हो । मेरै नेतृत्वमा कार्यदल बनेको थियो । पछिल्लो अवस्थामा केन्द्रीय समितिमा छलफल गर्नुपर्ने हुन्थ्यो । एकदम हतारहतारमा भयो । हाम्रोभन्दा अमिरिकी हितलाई माथि राखियो ।

खनालले अब एमसीसीको नाममा विवाद नगर्ने भन्दै केही कुरा भए पनि चुनावसम्म स्थगित गरौं भनेका छन् । यसअघि अध्यक्ष नेपालले एमसीसीको विरुद्धमा फेसबुकमा लेखिएका स्टाटस डिलिट गर्न र यसबारे जथाभावी नबोल्न नेताहरूलाई चेतावनी दिएका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू