Ads

रुसी सेनामा भर्ती भएका लमजुङका वाईसीएल नेता गुरुङको मृत्यु


काठमाडाैँ । काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।
गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए ।

रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

अवैध रुपमा रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूको मृत्यु भएका खबरहरू आइरहेका छन् । १५ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । केही नेपाल युवाहरू युक्रेनी सेनाको कब्जामा समेत परेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू