Ads

बढ्दै घरजग्गा कारोवार, राजवश्व संकलनमा पनि बृद्धी


काठमाडौ\ सिथिल बनेको अर्थतन्त्रलाई घरजग्गा कारोवारले क्रमिक चलायमान बनाउँदै लगेको छ । पछिल्लो समय घरजग्गा कारोवारमा भएको वृद्धीको सकारात्मक प्रभाव राजश्वमा पनि देखिएको छ । पछिल्लो २ वर्षदेखि कम भएको घरजग्गा कारोबार केहि समययता बढ्न थालेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गएको पुसमा घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मङ्सिरको तुलनामा पुसमा राजस्व सङ्कलन ६५ करोड रुपैयाँले धेरै हो । चालु आर्थिक वर्षमा घरजग्गा किनबेचबाट साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब, असोजमा ४ अर्ब र कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

पुसमा देशभरका मालपोत कार्यालयबाट ४५ हजार २ सय ७७ वटा लिखत पारित भएको छ । मङ्सिरको तुलनामा पुसमा लिखत पारित ३ हजार ४ सय २६ वटाले बढी हो ।

सरकारको कित्ताकाट नीति र जग्गाको वर्गीकरण तथा विभिन्न कानुनी अन्योलका कारण पछिल्लो २ वर्षदेखि घरजग्गा कारोबार खुम्चिँदै आएको थियो । तर अहिले कित्ताकाट खुकुलो र बैंक ब्याजदर निरन्तर घट्दै गएपछि घरजग्गा बजार केही चलायमान बनेको हो ।

सरकारले गएको साउनमा कित्ताकाट फुकुवा गर्दै सहज बनाएको थियो । त्यस्तै घरजग्गा कारोबारलाई सहज बनाउन नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जाको सीमा बढाएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू