Ads

के गर्दै छ काँग्रेसले एक महिने अभियानमा ? महामन्त्री शर्मा भन्छन्-गठबन्धनको टुंगो छैन्


काठमाडौं। नेपाली काँग्रेसले स्थानीय तहको चुनाव लक्षित एक महिने अभियानको घोषणा गरेको छ।

बुधबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले स्थानीय तहको निर्वाचत केन्द्रित एक महिने अभियान घोषणा गरेको हो। काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार यो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ।

अभियान सञ्चालन सुरु भएपछि देशका ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि पुग्ने प्रवक्ता महतको भनाइ छ। ‘फागुन २९ गतेदेखि एक महिनासम्म चुनावी अभियान सञ्चालन हुन्छ। त्यसपछि केन्द्रीय प्रतिनिधि र पार्टी पंक्तिलाई ७७ जिल्लामा पुगेर कामको जिम्मेवारी दिइने छ’, प्रवक्ता महतले भन्नुभयो, ‘सातै प्रदेशलाई महत्वपूर्ण भूमिका दिएको छ। सातै प्रदेशमा अधिवेशनबाट कमिटी बनेको छ। उहाँरुबाट पार्टी पंक्तिको परिचालन गर्ने काम हुन्छ।’

डा. महतका अनुसार केन्द्रीय प्रतिनिधिले केन्द्रका निर्णय कार्यान्वयन प्रभावकारी बनाउने र अभियानलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्नेछन्।

सामाजिक सञ्जालमा हुने प्रचारप्रसार महत्वपूर्ण हुने भन्दै यसको भरपुग उपयोग हुने प्रवक्ता महतले बताउनुभयो। ‘सामाजिक सञ्जालमा प्रचारप्रचार महत्वपूर्ण छ। यसलाई चुस्त दुरुस्त बनाउने काम हुन्छ’, चुनाव अगाडि हामी यसलाई भरपुग उपयोग गर्छौँ।

गठबन्धनको विषयको टुंगो अहिले भइनसकेको काँग्रेसले प्रष्ट पारेको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले यो अभियानमा काँग्रेसले जनताका कुरा सुन्ने उल्लेख गर्नुभयो।

Ads

सम्बन्धित पोष्टहरू