Ads

गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ


काठमाडाैं । क्रिकेटर सन्दिप लामिछानेबाट पीडित भएकी गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई छन् । उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो ।

ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू