Ads

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त


काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।

त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस पठाउने निर्णय भएको शर्माले बताइन्।

त्यस्तै राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने बनेको विधेयकलाई संघीय संसदमा पेस गर्ने स्वीकृति प्रदान गर्ने सरकारले निर्णय गरेको छ।

त्यस्तै नरदेवी आर्युवेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेचन्द्र न्यौपाने र गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरिएको प्रवक्ता शर्माले बताइन्।

Ads

सम्बन्धित पोष्टहरू