काठमाडौं । पश्चिम सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
उनलाई बिहीबार बिहान टीकापुर-१, लम्कीबाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । आफ्नै बुवाले छोरीको बलात्कार गरेको भन्दै उनका छोरा उजुरी लिएर प्रहरीमा पुगेका थिए ।
आफूविरुद्ध उजुरी दिएको भन्दै ती व्यक्तिले छोराको समेत हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो । ती व्यक्तिलाई बिहीबार कैलालीको टीकापुरबाट पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।
गएको सोमबार उनले धारिलो हतियार प्रहार गरेर छोराको हत्या गरेको खुलेको छ । ‘बलाकृत’ छोरीसमेत घाइते अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीका अनुसार, गएको असोजमा उनले आफ्नै १५ वर्षीया छोरी बलात्कार गरेको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्