काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘बुख्याचा’को संज्ञा दिएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताए ।
ओलीले सरकार तरकारी बारीको बुख्याचा जस्तो भएको बताए। भन।, ‘केही गर्ने होइन त्यसले। अहिले त त्यसका टाउकामा सुगा पनि बस्छ। त्यसका टाउकामा काग पनि बस्छ। सबै बस्छ। किनभने, चिनीसके यो बुख्याचा हो। यो खासै केही होइन। यसले केही गर्न सक्दैन भन्ने चिनीसके। त्यसका टाउकामा बस्छ। त्यस्तो बुख्याचा, निकम्मा सरकार छ।’
‘…यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न’, उनले भने, ‘उस्तै पर्यो भने गठबन्धन भत्काएर …लाेभीपापीहरु नभत्किन सक्छन् ।’
एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने आशय व्यक्त गरे । ‘जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुन बाट जोगाउनुपर्ने हुन सक्छ’ उनले भने पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
‘छोटो, ३ दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनमा उत्रिन पर्ने हुन सक्छ । उनीहरुले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्छन्’, ओलीले भने ।
अहिलेको गठबन्धन देशका लागि हानिकारक रहेको भन्दै उनले समय घर्किनुअघि नै निर्णायक कदम चाल्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्