Ads

विद्यालयमा बस खरीदका लागि सहयोग


झापा\ झापाको शिवसताक्षी नगरपालिका वडा न. ७ फात्तेपमा रहेको बालसेवा आधारभूत विद्यालयले विद्यार्थीका लागि बस खरिदका लागि सहयोग जुट्न थालेको छ ।फाक्तेप घर भई हाल हङकङमा बस्दैआएका विद्यालयका पूर्व विद्यार्थी बुद्धराज शेर्माले स्कुल बस खरिदका लागि रु ५१ हजार १ सय ५१ रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् ।

बिद्यालयमा एक कार्यक्रमकाबीच शेर्माका श्रीमती आशाहाङमा लावती शेर्माले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन, सल्लाहकार समितिका संयोजक जितेन्द्रराज चेम्जोङ्ग र प्रधानाध्यापक बेनुप्रसाद कार्कीलाई संयुक्त रुपमा नगद सहयोग हस्तान्तरण गरिन् । यसअघि समेत दाता परिवारले विद्यालयमा लिम्बू भाषा तथा अङ्ग्रेजी माध्यम पठनपाठनका लागि समेत आर्थिक सहयोग गरेका थिए । सोहि अनुरुप हाल बिद्यालयमा कक्षा १ मा लिम्बू भाषाको आनिपान पठनपाठन भइरहेको छ ।

यसैगरि, बिद्यालय ५० औ पुगेको उपलक्ष्यमा यहि फागुनको तेश्रो साता हुने स्वर्ण महोत्सव मनाउन तयारी तीव्र पारिएको प्रअ कार्कीले बताए । उनका अनुसार स्कुल बस खरिद गर्नका लागि रु ३० लाख रुपैया जुटाउन अभियान ्रोसञ्चालन गरिएको छ ।

स्कुल बस खरिद गर्नका लागि पूर्व बिद्यार्थीहरुनै मुख्य स्रोत रहेकाले स्वदेश तथा विदेशमा बस्दैआएकाहरु, शिक्षासंग सरोकार राख्ने सहयोगी मन तथा दाताहरुबाट सहयोग प्राप्त हुने बिधालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले बताए । बस खरिदका लागि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष फणेन्द्रराज चेम्जोङको संयोजकत्वमा नौ सदस्यीय आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू