Ads

एकीकृत समाजवादी बैठक : सुदूरपश्चिम प्रदेशमा कांग्रेससंग सत्ता गठबन्धन नगरौं


काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटीको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेससंग गठबन्धन नगन सुझाव आएको छ । समुहगत रुपमा रिपोर्टिङ गर्ने क्रममा बैठकमा सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेससंग गठबन्धन नगरेपनि बहुमत पुग्ने भएकाले सरकार बाहिर नै राख्नुपर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका नेता शेर बहादुर कुँवरले आफ्नो पार्टी र माओवादी केन्द्रका सांसद्हरु मिलाउँदा पूर्ण बहुमत भएकाले कांग्रेससंग गठबन्धन नगर्दा पनि हुने बताएका छन् । हामीले पार्टी बलियो बनाउन कांग्रेसलाई प्रतिपक्षमै राख्नु उचित हुन्छ, बैठकमा उनले भनेका थिए।

कुँवरले यस विषयमा केन्द्रीय नेताहरूसँग समेत अनौपचारिक छलफल गरेका छन्। अहिले प्रमुख प्रतिपक्ष दल कांग्रेस प्रतिपक्षमै रहँदा एमाले कमजोर हुने कुँवर लगायतका नेताहरुको बुझाइ छ।

 

Ads

सम्बन्धित पोष्टहरू