Ads

नेपालको अदालतमा गोरु ब्यायो ,पाँच वटा पाठा पायो : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतलाई कटाच्छे गदै अदालतबाट गोरु ब्याएको संज्ञा दिएका छन् । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीशहरुको सेटिङमा आफ्नो सरकार ढालेर परमादेशी सरकार निमार्ण गरेको बताए ।

उनले जनादेशी सरकार ढाल्न सर्वोच्च अदालतमा गोरु ब्याएको बताए। सर्वोच्च अदालतमा गोरु ब्यायो, पाँचवटा बाच्छा पायो, पाँच दलीय गठबन्धनतिर लक्षित गर्दै उनले भने, ‘गठबन्धन भन्नेहरु देशमा अस्थिरता ल्याउन लागेका छन्।’

पाँच दलीय गठबन्धनको परमादेशी सरकारले जनादेशको मजाक उडाएको बताएका छन्।

परमादेश सरकारले जनादेशको मजाक उडायो। ओलीको सरकार ढाल्नुपर्छ भनेर गरेको सेटिङ न्यायाधीशले अमेरिकाबाट लेखेको इमेलले पुष्टि गरेको छ, उनले भने, ‘संविधान बाहिर गएर पनि ओलीको सरकार ढालिएको छ भन्दैछन्। जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छन् न्यायाधीशहरूले।’

अहिले राष्ट्रिय राजनीति दुईतिर बाँडिएको बताउँदै आफूहरुले राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको पनि बताए। ओलीले गुमेको जमिन फिर्ता ल्याउने बताउँदै अबको निर्वाचनबाट गठबन्धनलाई पछार्ने दाबी गरे ।

Ads

सम्बन्धित पोष्टहरू