Ads

जाली फटाहाहरुलाई हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ : ओली


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरु जमात भएको बताए । उनले गठबन्धनलाई आगामी निर्वाचनबाटै ठेगान लगाउनु पर्ने बताए । शुक्रबार प्रेस चौतारीको कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ । महान जनताको साथ हामीसँग छ ।’

जालझेल र तिकडमको सहायतामा सत्ता गठबन्धन अघि बढिरहेको उनले आरोप लगाए । ओलीले नेपालको राजनीति अहिले दुईतिर विभाजित भएको पनि बताए । त्यो मध्ये एकधारको नेतृत्व आफूहरुले गरेको र त्यो देशभक्तिको पक्षमा हो । अर्को पक्षचाहिँ जाली फटाहाको पक्ष रहेको र देश भत्काउन लागिपरेको आरोप लगार्ए ।

आफूहरु भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्ने, मिचिएको भूमि फिर्ता ल्याउने, सामुद्रिक मार्ग प्रयोग गर्न पाउने जस्ता विषयमा स्पष्ट रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू