Ads

एमालेको केन्द्रीय कमिटीमा १०१ महिला, अरूको कोटा टुङग्याउन बाँकि


चितवन । नेकपा एमालेको केन्द्रीय कमिटीमा १०१ जना महिला सदस्य हुने छन् । असोजमा भएको गोदावरी विधान महाधिवेशनले केन्द्रीय कमिटीमा ७५ जना महिला केन्द्रीय सदस्य रहने व्यवस्था गरेको थियो । चितवनको सौरहामा शुक्रबार राति बसेको केन्द्रीय कमिटीको बैठकले महिला केन्द्रीय सदस्य १०१ पुर्‍याएको हो ।

ललितपुरमा भएको विधान महाधिवेशनबाट पारित विधानले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । तर, शुक्रबारको बैठकले विधान संशोधन गर्दै केन्द्रीय कमिटीको सङ्ख्या २२५ बाट बढाएर ३०१ बनाएको छ । यो निर्णयसँगै अब केन्द्रीय कमिटी ३०१ जनाको र त्यसमा महिला सदस्य १०१ हुने छन्।

केन्द्रीय कमिटीको सङ्ख्या थपिएसँगै महिलाको कोटा बढेजस्तै आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, मजदुर, पिछडिएको क्षेत्रको कोटा पनि बढ्ने भएको छ । तर, उनीहरूको सङ्ख्या कति बढ्ने भन्नेबारे निर्णय हुन बाँकी नै रहेको एमाले नेताहरू बताउँछन् ।

यसअघि गोदावरीमा पारित विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटीमा ७५ जना महिला, २२ जनजाति, १६ मधेसी, १० दलित, ६ थारु, ५ मजदुर, ४ मुस्लिम, ३ पिछडिएको क्षेत्र र ९८ जना खुल्लातर्फको कोटा तोकेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू