Ads

डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडक ग्राबेल


जुम्ला । डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडक ग्राबेल भएको छ । उक्त सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको हो । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरिएको कार्यालयका प्राविधिक कृष्ण महतले जानकारी दिएका छन् ।

अहिले गज्र्याङ्कोटको खोडेखोलादेखि गुठीचौरको लाग्नासम्म दुई किलोमिटर सडक ग्राबेल भएको छ । बर्खा सिजनमा हिलाम्यहुने र गाडी डुब्ने ठाउँमा पहिलो चरणमा ग्राबेल भएको कार्यालयका फिल्ड प्राविधिक महतले बताएका छन् । ग्राबेल भएको सडकमा गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरी नेतृत्वको टिमले अनुगमन गरेको छ ।

सडक ग्रोबल भएपछि पर्यटकीय क्षेत्र गुठीचौरसम्म जाने सडक बाह्रैमहिना सञ्चालन  हुने गाउँपालिका अध्यक्ष बुढाले बताएका छन् । गुठीचौर घुम्न आउने आन्तरिक पर्यटकलाई राहत पुग्ने गरी काम भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरीले जानकारी दिएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू