Ads

चुनावबाट एमालेलाई कसैले रोक्न सक्दैन : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जाने कुरालाई केहि राजनीतिक दलले प्रतिगमन भएको बताएका छन् ।

नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले निर्वाचनमा जाउ भन्दा प्रचण्ड–माधव समूहले प्रतिगमन भनेको बताए ।

अध्यक्ष ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको आरोप लगाए । उनले सरकारलाई बालुवाको मूला संज्ञा दिदै यसलाई जनताको अभिमतबाट उखेलेर फाल्ने बताए । अध्यक्ष ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने दाबी गरे ।

ओलीले भने,’यिनीहरु चुनावबाट भाग्न खोज्दैछन्,भागेर कहाँ जान्छन् ? चुनाव त गराउनैपर्छ । त्यहीबेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौं । परमादेशबाट एमालेलाई हटाइयो,अब रोकिन्छ भन्ने नसोचे हुन्छ । एमाले एउटा भेल हो,यो भेल अगाडि आउँदैछ निर्वाचनको माध्यमबाट ।’

उनले वीरगन्जका मेयर पनि एमाले प्रवेश गर्न लागेको भन्दै आउने चुनावमा एमालेले भेल सिर्जना गर्ने दावी गरे ।

 

Ads

सम्बन्धित पोष्टहरू