Ads

सटर बन्द गरेर न्यूरोडका व्यवसायी अ‍ाज पनि आन्दोलित


काठमाडौं ।काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु अाज पनि आन्दोलित भएका छन्।

पसल बन्द गरेर उनीहरू बिहान ११ बजेतिरबाटै काठमाडौं महानगरपालिका विरोधमा उत्रिएका हुन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा हिजोदेखि महानगरले पार्किङ निषेध गरेको छ ।

स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर उनीहरूले आन्दोलन गरेका हुन् । महानगरले सरोकारवालासँग परामर्श नगरी पार्किङ निषेधको निर्णय लादेको संयोजक अमृत मानन्धरले बताए ।

पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्यूरोडको व्यवसायिक भविष्य संकटमा पर्ने उनीहरूको जिकिर छ ।

Ads

सम्बन्धित पोष्टहरू