बझाङ । बझाङमा जिपको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका –४ बागथलाकि ६४ बर्षिया महेश्वरी देवी मल्लको मृत्यु भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार बुधवार बिहान बागथला तल्ला बजारमा घर अगाडिको धारामा पानी लिन जाने बेलामा बागथला बाट चैनपुर तर्फ गरिरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको थियो ।
जिपले ठक्कर दिदा मल्लको टाउको र छातिमा चोट लागेको थियो । घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्