काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै ताकतमा चुनाव जित्ने कुरा प्राथमिकतामा रहेको बताएका छन् । तर गठबन्धन गर्नु परेमाा पनि गठबन्धनरत दलहरुबीच हुने बताएका छन् ।
नुवाकोटमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले माओवादीले चुनाव सकेसम्म आफ्नै बलबुतामा लड्ने तालमेल गर्दा सत्ता गठबन्धनकै बीचमा गर्ने नीति रहेको समेत प्रष्ट पारे ।
अध्यक्ष प्रचण्डले भने,’अब पार्टी पूरै चुनावमा केन्द्रित भएको छ । हामी आफ्नै खुट्टामा उभिएर,आफ्नै ताकतमा जित्ने कुरालाई उच्च प्राथमिकतामा राखेका छौं । तालमेल गर्ने स्थिति भएमा गठबन्धनकै बीचमा गर्ने नीति छ ।’
एमसीसीका कारण कतिपय नेता कार्यकर्ताले पार्टी छाडेकोमा प्रचण्डले त्यस्तो गर्नुपर्ने अवस्था नरहेको बताए । उनले माओवादीका कारण एमसीसी जस्ताको तस्र्तै पारित नभएको र देश पनि दुर्घटनाबाट जोगिएका बताए ।
माओवादीले एमसीसी पारित गरेको भनेर एमाले प्रवेश गर्नु आफैंमा उदेकलाग्दो कुरा भएको प्रचण्डले बताए । जसले एमसीसी जस्ताको तस्तै पारित गर्न चाहेको थियो त्यो पार्टीमा जानु पलायनवादीहरुको चरित्र रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्