Ads

सुदूरपश्चिम र कोशीमा मतगणना सुरु


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

सहायक निर्वाचन अधिकृत प्रेम भट्टले मतगणना सुरु भएको जानकारी दिए ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरु सबैले मतदान गरेका छन् ।

त्यस्तै स्थानीय तहका १७६ जनप्रतिनिधिमध्ये एक जनाको निधन भएको थियो । १७५ जनामध्ये धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान गरेनन् ।

यहाँ तीन पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणनादगत्तै परिणाम सार्वजनिक हुने भट्टले बताए ।

कोशी प्रदेशको मतगणना सुरु

कोशी प्रदेशको मतगणना सुरु भएको छ। विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा मतगणना सुरु भएको हो।

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारू उपस्थित भएनन्। स्थानीय तहका दुई सय ७४ मतदातामध्ये झापाको झापा गाउँपालिका अध्यक्ष जयनारायण साह भ्रष्टाचार आरोपमा निलम्बित रहेका कारण उनको नाम मतदाता नामावलीबाट हटेको छ।

सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन्।

कोशीमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ। सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग नेकपा एमालेकी रुक्मिणी कोइराला भिड्दै छन्।

Ads

सम्बन्धित पोष्टहरू