Ads

२०८० माघ १२ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )व्यापार व्यवसायमा सामान्य फाइदा भएपनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )शत्रु र रोगबाट छुट्कारा मिल्ने समय छ । स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनु होला । छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् । बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )पहिलेको सफलताले उत्साह जगाउनेछ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । पुरानो समस्याले केहि झमेला आइ लाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगीहरूको भर नपर्नुहोला । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)मेहनत एवम् परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । आयआर्जनका स्रोत बढ्नेछन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )अधिकारका लागि केहि संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । अर्थ अभाव खड्किएपनि चिताएको काम सम्पादन गर्न सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । मनमा डर लागेपनि विभिन्न अवसरले पछ्याउने छन् ।

Ads

सम्बन्धित पोष्टहरू