Ads

भृकुटीमण्डपमा छैटौं अन्तरराष्ट्रिय एग्रिटेक प्रदर्शनी शुरु


काठमाडौँ । कृषिसम्बन्धी बृहत् अन्तरराष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ शुरु भएको छ।

मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनी शुरु भएको हो। छैटौं नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीका सयभन्दा बढी स्टल रहेका छन्।

विशेष गरी कृषिसम्बन्धी भारत र चीनका कम्पनीहरूको स्टल मेला रहेको छ। यसअघि चितवनमा हुँदै आएको प्रदर्शनी योपटक काठमाडौंमा गरिएको हो। देशभरका किसानलाई कृषिबारे जानकारी गराउने उद्देश्यसहित मेला काठमाडौंमा गरिएको मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए। मेलाबाट किसानले नयाँ प्रविधिको बारेमा जानकारी पाउनेछन्।

प्रदर्शनीमा कृषिका विभिन्न विधा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। प्रदर्शनीको निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ।

Ads

सम्बन्धित पोष्टहरू