काठमाडाैँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको निर्णायक खेलमा नेपालले शानदार बलिङ गरेको छ ।
आकाश चन्द एक्लैले नेपालका लागि ५ विकेट लिएका छन् ।
दक्षिण अफ्रिकामा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले ११ ओभर ३ बलमा ४३ रन खर्चिएर ६ विकेट लिएको छ ।
आकाशका अलावा थप १ विकेट गुल्सन झाले लिएका हुन् ।
प्रतियोगिताको सुपर सिक्समा पुग्न यो खेल जित्नै पर्ने बाध्यता छ । नेपाल र अफगानिस्तान दुवै प्रतियोगितामा जीतविहीन छन् ।
प्रतिक्रिया दिनुहोस्