Ads

सडक व्यवसायीहरूले थाल, चम्चा, ठटाउने जुलुससहित महानगर घेराउ गर्ने


काठमाडौँ। आफूहरूलाई काठमाडौँ महानगरपालिकाले दमन गरेको भन्दै सडक व्यवसायीहरूले आन्दोलन घोषणा गरेको छन् । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसअघिको चार बुँदे सहमति कार्यान्वयन नगरी महानगरपालिकाले सडक व्यवसायीहरूलाई दमन गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

समितिले काठमाडौँ महानगरपालिकामा ज्ञापन पत्र बुझाउने, जनप्रदर्शनसहित महानगरमा धर्ना, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, प्रशासन कार्यालयलगायत विभिन्न राजनीतिक दलहरूलाई ज्ञापन पत्र बुझाउने बताएको छ ।

यसैगरी माघ २८ गते थाल, चम्चा, ठटाउने जुलुससहित महानगर घेराउ गर्ने नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिएका छन् । व्यवसायीहरूको माग सम्बोधन गर्न सरोकारवाला निकायको ध्यानाकर्षण नभए थप आन्दोलनका कार्यक्रमको घोषणा गरिने उनले बताएका छन् ।

संघर्ष समितिले व्यवसायीकका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचित समय निर्धारण गरी व्यवसाय गर्न दिनुपर्ने, स्वरोजगार श्रमिकको आवश्यक सूचीकरणको काम सुरु गर्नुपर्ने, स्वरोजगार सडक व्यवसायीलाई करको दायरामा समावेश गरिनुपर्ने लगायतका माग अघि सारेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू