Ads

काभ्रेको धुलिखेलमा गएराति भएकाे सवारी दुर्घटनामा ५ जना घाइते


धुलिखेल । काभ्रेको धुलिखेलमा गएराति भएकाे सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाए अनुसार दुर्घटना राति ९ बजेर १० मिनेटमा भएकाे थियाे ।

धुलिखेल नगरपालिका ४ धुलिखेल चोक स्थित अरनिको राजमार्गमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा प्र. ०१-२५ च ८४२५ नम्बरको कारले धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ८५ प ६५०६ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियाे । सोही कारले धुलिखेल नगरपालिका ३  बाँसघारी स्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको बा प्र ०१-२४ च ९४८५ नम्बरको योद्दा पिकअप गाडीलाई समेत ठक्कर दिइ दुर्घटना हुँदा ५ जना घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको थियाे ।

तीनवटै  सवारी साधनामा क्षति भएको र ती साधन प्रहरीको नियन्त्रणमा रहेका छन् । साे स्थानमा सडक अवरोध भने नभएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते हुने मध्ये स्कुटर चालक पनौती नगरपालिका ११ बस्ने बर्ष २८ को मनोज तामाङ,  कार चालक धुलिखेल नगरपालिका ३ बस्ने बर्ष अनदाजी ४० को पारस श्रेष्ठ, कारमा सवार नमोबुद्ध नगरपालिकाका अन्दाजी २२ बर्षकी लक्ष्मी गजमेर, योद्दा पिकअप चालक बनेपा नगरपालिका ९ बस्ने बर्ष २० को अभिषेक राउत, योद्दा गाडीमा सवार भारत घर भएको बर्ष अन्दाजी २५ को जिनु साह  रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू