काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्षद्धय उपेन्द्र यादव र बाबुराम भट्टराई आ आफ्ना पक्षको आन्तरिक छलफलमा जुटेका छन् । जसपाको केन्द्रीय समिति बैठक बस्नु अघि अध्यक्षद्धय आआफ्ना पक्षका छलफलमा जुटेपछि बैठक केहि समय ढीला सुरु हुने भएको छ । दुई पक्षीय छलफलका कारण बैठक सुरु हुन ढिलाई भएको हो । अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टा छुट्टै छलफल गरिरहेका छन् ।
अध्यक्ष यादवले आफ्ना पक्षका नेताहरुसँग केन्द्रीय समितिको बैठक स्थलमै छुट्टै कोठामा छलफल गरेका छन् भने संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले कार्यक्रमस्थल बाहिर छलफल गरेको थिए । आआफ्नो पक्षका केन्द्रीय सदस्यसंग छलफल सकिएपछि दुबै अध्यक्षबीच छलफल सुरु भएको छ ।
दुईजनाको छलफल सकिएपछि बैठक बस्नेछ । आज अध्यक्ष यादव संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको बुझिएको छ भने आजै विधान अधिवेशनको प्रस्ताव पनि पेस हुनेछ । त्यसबाहेक विविधमा अन्य एजेण्डामा पनि छलफल हुने बताइएको छ । बैठक आजै सकिने तयारी रहेको बुझिएको छ ।
बैठक ११ बजेका लागि बोलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्