काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना राज्य समिति सदस्य नेकपा एमाले प्रवेश गरेका छन् । कर्णाली राज्य समितिका सदस्य रामप्रसाद शर्मा सोमबार एमालेमा प्रवेश गरेका छन् ।
सोमवार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर शर्मा एमाले प्रव्ेश गरेका हुन् । उनीसहित जुम्लाका बिष्णुभक्त शर्मा विद्यार्थी नेता नेत्रराज धिताल एमालेमा प्रवेश गरेका हुन् ।
सो समूहसहित अन्य व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन एमाले जुम्लाले चैत १७ गते सिँजामा आमसभा आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्