काठमाडौं \ राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघन गर्ने ६० जनालाई कार्वाहीको सिफारिस सहित नामावली नामावली सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९\८० र चालू आवमा गरिएका कामकारबाहीको संक्षिप्त जानकारी गराउँदै आयोगले उनीहरूको नाम सार्वजनिक गरेको हो ।
६६ जनाको नाम सिफारिस गरिएकोमा ६ जनाको हकमा भने कारबाहीको जानकारी प्राप्त भएकाले ६० जनाको नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगद्वारा सार्वजनिक मानव अधिकार उल्लंघनका दोषीमा नेपाल प्रहरीतर्फ जवानदेखि एसपीसम्म ३२ जना छन् । त्यस्तै सशस्त्र प्रहरी बलतर्फ एकजना, सेनातर्फ ४ जनालाई दोषी ठहर गरेको छ । निजामती कर्मचारीतर्फ नासुदेखि सीडीओसम्मको नाम छ । तत्कालीन नेकपा माओवादीतर्फका १० जनाको नाम पनि आयोगले सार्वजनिक गरेको छ ।
गत साउनदेखि पुससम्म १२ जनालाई कारबाहीका लागि सिफारिस गरिएको आयोगले जनाएको छ । प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार आयोगको सिफारिस कार्यान्वयनमा सरकार उदासीन देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्