Ads

सभामुख घिमिरेद्वारा शहिद दिवशको शुभकामना व्यक्त


काठमाडौ\ शहिद दिवशको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना व्यक्त गरेका छन् । सभामुखको शुभकामनामा लेखिएको छ, ‘आज माघ १६ गते । नेपाली जनतालाई सार्वभौम र अधिकार सम्पन्न बनाउनका लागि चारजना वीर योद्धाहरुले आफ्नो जीवन आहुती दिएको दिन । नेपाली इतिहासमा कालरात्रीको रुपमा रहेको राणा शासनलाई अन्त्य गर्नका लागि आफ्नो जीवन आहुती दिनुहुने दशरथ चन्द,गंगालाल श्रेष्ठ,धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।

जहाँनिया राणा शासनको अन्त्य गरेर नेपाली जनतालाई स्वतन्त्रता र अधिकार प्राप्तीका लागि आफ्नो जीवन अपर्ण गरेका शहीदका सपना पुरा गर्ने अभिभारा हाम्रो काँधमा आएको छ । यो अभिभारा पुरा गर्न सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन । दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसका विरुद्ध हुने चलखेलहरु निष्तेज हुने कुरामा दुईमत छैन ।

शहीदहरुले नेपाल जनताको समृद्धिको सपना देखेका थिए । त्यो सपना पुरा गर्नका लागि राज्यका सबै निकायहरु उत्तिकै जिम्मेवार छन् । विभिन्न तह र तप्का अनुसार सबैको भूमिका संविधानले नै प्रष्ट पारेको छ । त्यसकारण सबैले आफ्नो संवैधानिक भूमिकालाई ख्याल गर्दै जिम्मेवारी पुरा गर्ने हो भने सहिदप्रति सच्चा श्रद्धान्जली अर्पण गरेको ठहरिनेछ ।
अन्त्यमा नेपालमा भएका सम्पूर्ण लोकतान्त्रिक आन्दोलनमा जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।’

Ads

सम्बन्धित पोष्टहरू