काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघातबाट निधन भएको छ।
मंगलबार बिहान घरमै बसेका ५६ वर्षीय न्यायाधीश मरासिनीको स्वास्थ्यमा एक्कासी समस्या आएको थियो। लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले निवासमै रहेको बेला न्यायाधीश मरासिनीलाई हृदयघात भएको जानकारी दिए।हृदयघातपछि नेसनल अस्पताल लगिएका न्यायाधीश मरासिनीलाई लगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्