काठमाडौँ । हृदयघातका कारण आज विहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो ।
उनको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । उनका अनुसार न्यायाधीश मरासेनीकि छोरी पोखरामा भएको र उनी पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्