Ads

प्रधानमन्त्रीले सहिदकै अवमूल्यन गर्नुभयो : शेखर कोइराला


काठमाडाैँ ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाटै सहिदको अवमूल्यन गर्ने कार्य भएको आरोप लगाएका छन् ।

मंगलबारबाट सुरु भएको समुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुवात गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताएका हुन् ।

प्रजातन्त्रका निम्ति बलिदानी दिएका शहीदको अवमूल्यन प्रधानमन्त्री दाहालले गरेको बताएका नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप शहीद थप्ने कुरा गर्नुभयो। शहीद दिवसका दिन हामीले शहीदहरूलाई अवमूल्यन गर्नु भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ ।’

नेता कोइरालाले भने, ‘शहीद दिवसका दिन हामीलेे शहीदको अवमूल्यन गर्नु भएन । त्यसमा ध्यान दिनु आवश्यक छ ।  शहीदको वास्तविक परिभाषालाई अंगीकार गरी अघि बढ्दा शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । शहीदको संख्या थप्दै गर्दा शहीदै अपमान हुने बुझेको छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए । त्यसैगरी, कार्यक्रममा नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे । उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।

कोइरालाले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारी रूपमा जनतामाझ पुर्‍याउन महानगरले काम गर्दै आएको बताए । जापानको सहयोगी संस्था जाइकाले महानगरभित्र बिछ्याइएको खानेपानीको पुरानो पाइप विस्थापित गर्दै नयाँ पाइप लगाउने कार्य अघि बढेको उल्लेख गरे । त्यसैगरी, सुकुम्बासी र सिंघिया खोलाको तटबन्धको समस्याबारे उठेको जिज्ञासा नेता कोइरालाले सिंघिया खोलामा अस्थायी तटबन्ध बन्ने बताए । उनले भने, ‘प्रदेश सरकारले यस क्षेत्रमा कोरिडोर निर्माण गर्नेछ । यसका लागि ठूलो बजेट लाग्ने र समय लाग्ने हुँदा अब केही समय धैर्य गरिदिन आग्रह छ ।’

Ads

सम्बन्धित पोष्टहरू