Ads

भारतले नेपाललाई दिने आर्थिक सहायता बढायो


काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि गरेको छ ।

भारतीय वित्तमन्त्री निर्मला सितारमणले पेस गरेको आर्थिक वर्ष २०२४–२५ को बजेटमा नेपालका लागि अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।

छिमेकीमध्ये भुटानलाई सबैभन्दा धेरै अनुदान दिने भारतले योपटक भुटानका लागि १० अर्ब ७९ करोड भारु विनियोजन गरेको छ । यस्तै, ऋणका लागि ९ अर्ब ८९ करोड भारु विनियोजन गरेको छ । योपटक भुटानका लागि अनुदान र ऋण घटेको हो ।

उता अर्को छिमेकी मुलुक माल्दिभ्ससँग भारतको तनाव बढे पनि अनुदान रकम भने बढाइएको छ । आगामी आर्थिक वर्षका लागि भारतले माल्दिभ्सलाई ६ अर्ब भारु अनुदान दिने भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू

अमेरिकामा मनाइयो छठ
अमेरिकामा मनाइयो छठ
कार्तिक २३, २०८१