Ads

बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष थापा पनि पक्राउ


काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन्।

बाँसबारीस्थित १० रोपनी सरकारी जग्गा प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले पक्राउ गरेको हो।

यसभन्दा अगाडि अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनाेद चाैधरीका भाइ अरुण चाैधरी पक्राउ परिसकेका छन्।

एसएसपी दिनेश आचार्यको कमाण्डमा सिआइबीले छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान गरिरहेकाे छ।

Ads

सम्बन्धित पोष्टहरू